नेकपाका प्रवक्ताद्वारा माल्कोटमा जनअस्पतालको शिलान्यास

नेकपाका प्रवक्ताद्वारा माल्कोटमा जनअस्पतालको शिलान्यास

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले मालकोटको सेरापाटामा जनअस्पतालको शिलान्यास गरेका छन् । नेकपाका प्रवक्ता प्रकाण्डले माल्कोटमा ५ योजनाको सुरुवात गर्ने घोषणा गरेसँगै जनअस्पतालको शिलान्यास गरेका हुन् । जनतालाई रोग लागेपछि उपचार नपाएर मर्नु पर्ने बाध्यतालाई अन्त्य गर्न जनअस्पतालको निमार्ण गर्न लागेको नेकपाले जनाएको छ ।

जनअस्पतालको यसअघि काठमाडौबाट बोलाइएका प्राविधिहरुको टोलीले सर्वे डिजाईन गरिसकेको थियो । अस्पतालको शिलान्यासपछि पार्टी प्रवक्ता प्रकाण्डले ऐतिहासिक भूमि मालकोटले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठूलो भूमिका खेलेको स्मरण गर्दै सहिदहरूको सपना पूरा नभएको र यसको लागि सहयोग गर्न सम्पूर्ण मालकोटबासी जनतालाई आग्रह पनि गरेका छन् ।

उनले स्वास्थ्य शिक्षा, कृषि लगायतका क्षेत्रमा क्रान्तिकालमा पनि पार्टीले सक्दो सेवा जनतालाई दिइने बताउदै जनताको व्यवस्था आएपछि देशभर शिक्षा, स्वास्थ्य, रोगजार सर्वसुलभ र निशुल्क गर्ने बताए ।  उनले यसका लागि आफ्नो पार्टी र आफू निरन्तर संघर्ष गरिरहने र जनताका मौलिक अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपाका अबको २ महिनामै अत्याधुनिक अस्पताल निर्माण गर्ने बताएको छ । अस्पताल निमार्णका लागि स्थानीयबासी जनताले जग्गादान गरेका छन् ।
अस्पताल निमार्णका लागि जग्गा सहयोग गर्ने सम्पूर्णलाई नेकपाका प्रवक्ताले धन्यवाद समेत दिएका छन् ।

शिलान्यास कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक, जिल्ला पार्टी सेक्रेटरी रणदिप, जिल्ला सचिवालय सदस्य साहासी लगायत जग्गादाता र मालकोटबासी जनताको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :