‘जनमतसंग्रह’ को लागि जनतालाई एक ढिक्का हुन प्रकाण्डको अपिल

‘जनमतसंग्रह’ को लागि जनतालाई एक ढिक्का हुन प्रकाण्डको अपिल

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनमतसंग्रहको चुनावमा कालिकोटे जनतालाई एक ढिक्का हुन अपिल गरेका छन् ।
माल्कोटको सेरापाटामा आइतबार नेकपा कालिकोटले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थाको विकल्प जनताको वैज्ञानिक समाजवाद भएकाले जनमतसंग्रहको चुनावमा एक ढिक्का भएर पार्टीलाई सहयोग गर्न जनतालाई अपिल गरेका हुन् ।

उनले आफ्ना पार्टी माथि जनताले ठुल्लो आशा गरेको भन्दै जनताको आशा निराशामा परिणत हुन नदिने प्रतिबद्धता जनाए । जनयुद्ध र एकीकृत जनक्रान्तिमा कालिकोटे जनताले ठूलो बलिदानी गरेको स्मरण गर्दै फेरि पनि पूर्ण परिवर्तनको लागि जस्तोसुकै त्याग गर्न उनले आग्रह गरे ।

नेता प्रकाण्डले जनयुद्धका बेला आशा गरेका नेता प्रचण्ड बाबुरामहरु घुमिफिरी उही संसदीय व्यवस्थामा छिरेको र जनयुद्धका सबै उपलव्धीहरु प्रतिक्रियावादीलाई आत्मासमर्पण गरेर बुझाएकाले जनतालाई धोका भएको बताए ।

विश्वको इतिहाँसमा नेपालबाट मात्रै मूल नेतृत्वले क्रान्ति विजय विजय हुने बेला प्रतिक्रान्ति गरेको दुखद घटना भएको भन्दै उनले दोस्रो तहका नेताहरुले नेपालमा फेरि बाँकी क्रान्ति पूरा गर्न एकीकृत जनक्रान्ति गर्नु परेको प्रष्ट्याए ।

आफ्नो पार्टीले प्रचण्ड बाबुराम जस्तो जनतालाई कहिलै पनि धोका दिन नसक्ने भन्दै उनले बरु आफुहरु खरानी हुन तयार भएको र जनता, सहिद परिवार, वेपत्ता, घाईते योद्धा लगायतको सपना कहिलै बिर्सन नसक्ने र पूरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

जनसभामा नेकपाका केन्द्री सदस्य एटमले अब नेपाली जनताको सपना आफ्नो पार्टीले वैज्ञानिक समाजवाद बाट पूरा गर्ने ठोकुवा गरे । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराटले इतिहाँसको निमार्ता जनता भएको भन्दै प्रतिक्रान्ति गरि जनतालाई धोका दिने प्रचण्ड बाबुरामहरु कुनै दिन जनताबाट दण्डीत हुने बताए ।

नेकपाका केन्द्रीय सदस्य बलवान र विवेकले अहिलेको निकास जनमतसंग्रह भएको बताए । जनसभाको बिचबिचमा जनकलाकारहरुले रोचक क्रान्तिकारी गीत संगीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए भने सभाध्यक्षता विराटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :