दुर्घटनामा नागरिकको क्षति हुनु अत्यन्त दुःखद्, मृतकका परिवारलाई राहत देऊ र घाइतेको यथाशीघ्र उपचार गराऊ : विप्लव

दुर्घटनामा नागरिकको क्षति हुनु अत्यन्त दुःखद्, मृतकका परिवारलाई राहत देऊ र घाइतेको यथाशीघ्र उपचार गराऊ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आइतबार सल्यानमा भएको यात्रुबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा मृत्यु हुने १२ जना नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र उपचार गराउन सरकारसँग आग्रह गरेका छन् ।

महासचिव विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘हरेक वर्ष चाडपर्वको समयमा हुने अकल्पनीय दुर्घटनामा कयौँ नेपाली जनताले अनाहक ज्यान गुमाउनुपर्ने अवस्था अझै अन्त्य हुन नसक्नु दुःखको कुरा हो । सरकारहरू फेरिए पनि आआफ्नो स्वार्थ र लुछाचुँडीमा व्यस्त छन् । जनजीविकाका विषयहरू सरकारको प्राथमिकतामा पर्ने गरेका छैनन् । जनताको सहज र सुनिश्चित यातायात सेवा प्रयोग गर्न पाउने अधिकार अझै प्राप्त हुनसकेको छैन । जनताप्रति उत्तरदायी व्यवस्था र सरकारले मात्र यो अवस्था निर्माण गर्न सक्छ । यस किसिमका दुर्घटना हुने अवस्था अन्त्य गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको यथाशीघ्र उपचार गराउन सरकारसँग जोडदार आग्रह गर्छौं ।’

प्राप्त पछिल्लो समाचारअनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ६ की कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका १ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका २ की प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका ३ की ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ की मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका १० की ३६ वर्षकी रूपा केसीको पनि मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा ६ जना र अस्पतालमा ६ जनाको मृत्यु भएको जनाएको छ ।

प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर सहरतर्फ फर्किंदै गरेका सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :