नेकपा सिन्धुलीले गर्यो वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

नेकपा सिन्धुलीले गर्यो वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको श्रद्धाज्जली सभा सम्पन्न गरेको छ । उक्त सभामा पार्टी बिशेष कमिटी सदस्य शशी राई, जिल्ला सेक्रेटरी गोपाल ब्लोन, जिल्ला सदस्यहरू तेज लामा, राजन माझी लगायतको उपस्थिति रहेको थियो ।

सभामा शशि राईले वीरजङ्गप्रति भावपूर्ण श्रद्धाज्जली दिँदै तस्बिरमा माला अर्पण गरेका थिए । उनले सबै कम्युनिस्ट पार्टीका सदस्यहरू मिलेर वीरजङ्गको अपुरो सपनालाई पूरा गर्न लागि पर्नुपर्ने बताए । यस्तै सेक्रेटरी गोपालले आदरणीय वीरजङ्गको निधन धेरै गरुङ्गो भएको बताए । उनले केन्द्रीय सदस्यको दुःखद् निधनले सिङ्गो पार्टी स्तब्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :