धादिङमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

धादिङमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

धादिङ : विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी धादिङमा प्रवेश गरेका छन् । बुधबार नौबिसेमा भएको युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलनमा एमाले र राप्रपा परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।

संसदीय व्यवस्थाले देशलाई निकास नदिने भन्दै संसदीय व्यवस्थाको विकल्पमा हुने वैज्ञानिक समाजवाद नै अबको निर्विकल्प भएकोले एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द भएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै नेकपामा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरूमा एमाले थाक्रे गाउँकमिटीका सदस्यहरू ध्रुब पौडेल, भिम सुयाल, अनिल सुयाल र राप्रपा धादिङका जिल्ला सदस्य नवराज रेग्मी रहेका छन् । उनीहरूलाई नेकपा धादिङका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले अबिर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :