जनसांस्कृतिक महासङ्घ रामेछापमा ७९ वर्षीय पुष्पराज पौडेल

एकैसाथ गठन भए युवा, किसान, विद्यार्थी र सांस्कृतिक मोर्चा

जनसांस्कृतिक महासङ्घ रामेछापमा ७९ वर्षीय पुष्पराज पौडेल

मन्थली (रामेछाप) : अब बल प्रयोगबाट परिवर्तन र क्रान्ति सम्पन्न गर्न सम्भव छैन भनेर पलायनवादीहरूले आत्मसमर्पण गरेकै समयमा रामेछापमा ७९ वर्षीय क्रान्तिकारी नेता पुष्पराज पौडेलले सांस्कृतिक मोर्चाको नेतृत्व समालेका छन् । आफ्नो ७९ औँ जन्मदिनकै दिन कात्तिक ९ गते जिल्ला सदरमुकाम मन्थलीमा आयोजित भेलाबाट संयोजकमा निर्वाचित भएपछि नेकपा रामेछापका सदस्यसमेत रहेका पौडेलले भने, ‘कम्युनिस्ट आन्दोलनमा लागेका धेरै नेताहरू मेरै आँखाअघिल्तिर बिग्रिए । आन्दोलनलाई कमजोर बनाएर व्यक्तिगत वैभवमा लागे । नेपाल कम्युनिस्ट पार्टीलाई बिग्रिन नदिन र क्रान्ति सम्पन्न गर्न सांस्कृतिक मोर्चा समालेको हुँ । यो पार्टी पनि बिग्रियो भने आन्दोलन उठ्न धेरै समय लाग्छ ।’

पौडेलको नेतृत्वमा नवगठित १३ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रामेछापमा पार्टीका पूर्वसेक्रेटरीहरू यमन बस्नेत गुन्जन, कुलदीप मगर ‘अभिलाष’ का साथै रमेश भण्डारी, रेजिना भण्डारी, केदार भुजेल, मनोज भुजेल, राम राई ‘सञ्जीव’, तेजबहादुर तामाङ, हीरा घिसिङ, विनोद सुवेदीलगायत छन् ।

यसैक्रममा युवाहरूको भेलाले शङ्कर भुजेलको संयोजकत्वमा १२ सदस्यीय युवा सङ्गठन नेपाल रामेछाप गठन गरेको छ । नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रामेछापका अन्य सदस्यहरूमा सञ्जीव राई, मोहन भुजेल, विशाल लामा, अम्बिका भुजेल, परशुराम बस्नेत, तेजबहादुर तामाङ, रेजना भण्डारी, रामकृष्ण गिरी, राज मगर, केदार भुजेललायत रहेका छन् ।

यसैगरी मनीषा भुजेलको संयोजकत्वमा लक्ष्मी श्रेष्ठ, कविता शाही, विक्रम भुजेल, सिर्जना भुजेल, सुनील श्रेष्ठलगायत सदस्य रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रामेछाप पनि गठन भएको छ । त्यसैगरी श्याम घिमिरेको संयोजकत्वमा केशव पाण्डे, श्याम श्रेष्ठ, भरत श्रेष्ठ, शुक्रराज तामाङ, धनप्रसाद बख्रेल, उदयकुमार घर्ती, दीपक मगर सदस्य रहेको ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ रामेछाप पनि गठन भएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रामेछापको घोषणा महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले गरेका थिए । नेकपा रामेछापका जिल्ला सेक्रेटरी इन्द्र श्रेष्ठले युवा सङ्गठन रामेछाप र अखिल क्रान्तिकारी रामेछापको घोषणा गरेका थिए भने किसान महासङ्घका संयोजक हरि श्रेष्ठले किसान महासङ्घ रामेछाप घोषणा गरेका थिए ।

जवसका नवनिर्वाचित संयोजक र समितिहरूलाई बधाई तथा शुभकामना दिँदै नेकपाका केन्द्रीय सदस्य तथा नेकपा रामेछाप–सिन्धुली इन्चार्ज भरत बम ‘रणवीर’ ले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादलाई अर्जुनदृष्टि बनाएर क्रान्तिमार्गमा लामबद्ध हुन निर्देशन दिएका थिए । नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठ र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सचिव अशोक सुवेदीले नवनिर्वाचित जवसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :