नेता वीरजङ्गको सम्मानमा डोटीमा श्रद्धाञ्जली सभा

नेता वीरजङ्गको सम्मानमा डोटीमा श्रद्धाञ्जली सभा

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा वडी केदार–५ अतरकाँडा बजार डोटीमा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय सदस्य कृष्णबहादुर बोहराले वीरजङ्गले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्घता व्यक्त गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद पुगेर छोड्ने उद्घोष गरे ।

जिल्ला सदस्य धनबहादुर बोहराको अध्यक्षतामा शुरु भएको सभामा प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य कृष्णबोहरा, अतिथिहरूमा जनपत्रकार सङ्गठन नेपाल सुप अध्यक्ष प्रकाश थापा, नेकपा (एमाले) प्रतिनिधि बिमल बोहरा, नेपाली काँग्रेस प्रतिनिधि बिरबहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य लक्ष्मण ताडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :