बाग्लुङमा नेता वीरजङ्गको स्मृति तथा श्रद्धाञ्जली सभा

बाग्लुङमा नेता वीरजङ्गको स्मृति तथा श्रद्धाञ्जली सभा

बाग्लुङ : नेपाल कम्युनिस्ट पार्टी बाग्लुङले पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा आयोजित स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कार्यक्रम नेकपा बाग्लुङको पार्टी कार्यालयमा भएको हो ।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङमा जन्मेका चन्द्रबहादुर चन्दको स्वास्थ उपचारकै क्रममा २०७८ साल असोज २८ गते देहावसान भएको थियो । आफ्नो जीवन कालमा भएका नेपाली क्रान्तिका विभिन्न चरणहरू पार गर्ने क्रममा महत्वपूर्ण योगदान दिँदै आएका वीरजङ्गको असामयिक निधनले चन्द परिवार, समग्र पार्टी पङ्क्ति स्तब्ध हुनुका साथै क्रान्तिमा अतुलनीय क्षति पुगेको कुरा स्मरण गराउँदै पार्टीका केन्द्रीय सदस्य एवम् बाग्लुङका जिल्ला इन्चार्ज तथा श्रद्धाञ्जली सभाका प्रमुख अतिथि धुर्ब घिमिरेले शोकलाई शक्तिमा परिणत गरि क्रान्तिमा निरन्तर अघि बढ्न सम्पूर्ण पार्टी कार्यकर्ताका साथै आम जनसमुदायलाई आग्रह गरेका छन् ।

कार्यालय सचिव क्रान्तिको सञ्चालनमा सभापति जिल्ला सेक्रेटरी आकाशले कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :