नेकपा बारा/पर्साद्वारा नेता वीरजङ्गप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण

नेकपा बारा/पर्साद्वारा नेता वीरजङ्गप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण

सिमरा : नेपाल कम्युनिस्ट पार्टी बारा/पर्साले संयुक्त रुपमा पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा आयोजित स्मृति तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुधबार बाराको सिमरामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बारा जिल्ला सेक्रेटरी रक्तिमले कार्यक्रमको सम्बोधन गर्दै शोक मन्तव्य राखेका थिए । उनले आफ्नो जीवन कालमा भएका नेपाली क्रान्तिका विभिन्न चरणहरू पार गर्ने क्रममा महत्वपूर्ण योगदान पुर्याउँदै आएका वीरजङ्गको असामयिक निधनले चन्द परिवार तथा समग्र पार्टी पङ्क्ति स्तब्ध हुनुका साथै क्रान्तिमा अतुलनीय क्षति पुगेको कुरा स्मरण गराएका थिए । शोकलाई शक्तिमा परिणत गरि क्रान्तिमा निरन्तर अघि बढ्न सम्पूर्ण पार्टी कार्यकर्ताका साथै आम जनसमुदायलाई रक्तिमले आग्रह गरे ।

कार्यक्रममा सहभागी सम्पूर्ण पार्टी कार्यकर्ता तथा जन समुदायले कार्यक्रमको सुरुवातमा एक मिनेट शिर झुकाएर वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै सबैले पालैपालो उनको फोटोमा अबिर र फूल माला चढाइ श्रद्धा अर्पण गरेका थिए ।

पर्सा जिल्ला सेक्रेटरी गणेशको सभाध्यक्षतामा बुधबार दिउँसो सिमरामा सम्पन्न भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल बाराका अध्यक्ष निरोज अब्दुल ‘संघर्ष’ ले गरेका थिए । साथै जनपत्रकार सङ्गठन नेपालको केन्द्रीय सदस्य सुदर्शनराज पाण्डेको आतिथ्यता पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :