नेकपा गुल्मीद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा गुल्मीद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पार्टी केन्द्रीय नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सभामा बोल्दै गुल्मी/पाल्पा इन्चार्ज अपेक्षाले वीरजङ्गको निधनले पार्टीलाई अपूरणीय क्षति पुर्याएको बताएकी छिन् ।

जिल्लाको पिपलधारामा आअयोजित सभालाई सम्बोधन गर्दै नेता अपेक्षाले वीरजङ्ग पार्टी र क्रान्तिको अभिभावक भएको बताउँदै उहाँले देखेका क्रान्तिका बाँकी कार्याभार पूरा गर्ने बताइन् । उहाँले जनयुद्धकालदेखि एकीकृत जनक्रान्तिसम्म वीरजङ्गको योगदान चर्चा गर्दै अपेक्षाले क्रान्तिको सपनामा धोका नहुने बताइन् ।

कार्यक्रममा बुद्धिजीवी भिमकान्त खनाल, बिमललगायतले बोलेका थिए । कार्यक्रममा वीरजङ्गको जीवनी बाचन तारा, सञ्चालन बिनोद र अध्यक्षता बसन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :