कालीकोटमा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

कालीकोटमा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रवहादुर चन्द ‘वीरजङ्ग’ को कालीकोटको माल्कोटमा श्रद्वाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार बुधबार नेकपा कालीकोटले माल्लकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । वीरजङ्गको फोटोमा सहभागीहरूले माल्याअर्पण गर्दै बाँकी सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एटमले वीरजङ्गको बाँकी अभिभारा अब नेकपा र यसका नेता, कार्यकर्र्ताले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै पार्टी केन्द्रीय सदस्य बिराट, बलवान्, सङ्गम, मुगु जिल्ला सेक्रेटरी समाज, हुम्ला सेक्रेटरी सिद्धान्त, जिल्ला सल्लाहकार संयोजक छत्रबहादुर बम लगायतका नेताहरूले पनि वीरजङ्गको फोटोमा माल्याअर्पण गरेका थिए ।

नेताहरूले सभामा बोल्दै पार्टीलाई वीरजङ्गको निधनले अपूरणीय क्षति पुगेको बताएका छन् । उनीहरूले वीरजङ्ग क्रान्तिको आदर्श पुँजी भएको पनि बताएका छन् । भोलीदेखि सुरु हुने प्रशिक्षणमा भाग लिन आएका कर्णालीका साविकका पाँच वटै जिल्लाबाट सहभागी नेता कार्यकर्ताले वीरजङ्गको फोटोमा माल्याअर्पण गरेका थिए ।

सभामा भेरी कर्णाली जनकलाकारले श्रद्धाञ्जली गीतसमेत प्रस्तुत गरेका थिए । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको रमेशले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :