नेकपा चितवनद्वारा नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा चितवनद्वारा नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा नेकपा चितवनले भरतपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सभाका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले श्रद्धाञ्जली मन्तव्य राख्दै वीरजङ्गले देखाउनु भएको महान् क्रान्तिकारी बाटोमा निरन्तर लागिरहने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने बताए । उनले भने, ‘नेपाली अनुहारका सिदेमान र ज्योतिबसुहरूले सुनियोजित ढङ्गले वीरजङ्गलाई बन्दी बनाए, मानसिक यातना दिए, शारीरिक कष्ट दिए, अन्ततः उपचारसमेत गर्न नदिएर वीरजङ्गको हत्या गरे ।’ उनले वीरजङ्गको निधन सगरमाथा झैँ उच्च रहेकोसमेत बताए ।

नेता पौडेलले नेता वीरजङ्गको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरू पनि दोषी भएको बताए । करिब साढे २ बर्षसम्म बिताएको जेल जीवनमा समयमा उपचार नपाएकोले निधन भएको बताए ।

उक्त सभाको सञ्चालन नेकपा चितवन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले गरेका थिए भने सभाको अध्यक्षता नेता वीरजङ्गका पारिवारिक सदस्य तथा जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव डा. प्रकाश चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :