नेकपा सर्लाहीद्वारा नेता वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

नेकपा सर्लाहीद्वारा नेता वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले नेता चन्द्रबहादुर चन्द वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सभामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा रौतहट/सर्लाही जिल्ला इन्चार्ज मिसन, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, विशेष कमिटी सदस्य जनक राउत, युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर ‘बिहानी’, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष कुसुनदेव शर्मा, दलित मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य रामपुकार, मधेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम लगायतका नेता तथा कार्यकर्ता र स्थानीय जनसहभागिता रहेको थियो ।

सभामा जिल्ला इन्चार्ज मिसनले वीरजङ्गको निधनले सिङ्गो पार्टी स्तब्ध रहेको र दलाल संसदीय व्यवस्थाले लादेको प्रतिबन्धका कारण लामो समय जेल हिरासतमा कठिनाईका साथ बिताउनु भएको, कम्युनिस्ट आन्दोलन र एकीकृत जनक्रान्तिमा अमूल्य योगदान गरेर जानू भएको र उहाँको अधुरो सपना पूरा गर्न सम्पूर्ण उपस्थित कमरेडहरूलाई लागिपर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :