नेकपा मकवानपुरद्वारा वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण

नेकपा मकवानपुरद्वारा वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा आयोजित स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको हो ।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङमा जन्मेका चन्द्रबहादुर चन्दको स्वास्थ उपचारकै क्रममा २०७८ साल असोज २८ गते देहावसान भएको थियो । आफ्नो जीवन कालमा भएका नेपाली क्रान्तिका विभिन्न चरणहरू पार गर्ने क्रममा महत्वपूर्ण योगदान दिँदै आएका वीरजङ्गको असामयिक निधनले चन्द परिवार, समग्र पार्टी पङ्क्ति स्तब्ध हुनुका साथै क्रान्तिमा अतुलनीय क्षति पुगेको कुरा स्मरण गराउँदै पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुरका जिल्ला इन्चार्ज तथा श्रद्धाञ्जली सभाका प्रमुख अतिथि इन्द्रबहादुर परियार ‘नयन’ ले शोकलाई शक्तिमा परिणत गरि क्रान्तिमा निरन्तर अघि बढ्न सम्पूर्ण पार्टी कार्यकर्ताका साथै आम जनसमुदायलाई आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी सम्पूर्ण पार्टी कार्यकर्ता तथा जन समुदायले कार्यक्रमको सुरुवातमा एक मिनेट शिर झुकाएर वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सथै सबैले पालैपालो उनको फोटोमा अबिर र फूलमाला चढाइ श्रद्धा अर्पण गरेका थिए । जिल्ला सेक्रेटरी वाटरको सभाध्यक्षतामा बुधबार दिउँसो पार्टी कार्यालय हेटौँडामा सम्पन्न भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन हेटौँडा नगर सेक्रेटरी तथा जिल्ला सचिवालय सदस्य सुर्य अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :