जनप्रतिनिधिहरू जनताको साँढे भए : प्रवक्ता प्रकाण्ड

जनप्रतिनिधिहरू जनताको साँढे भए : प्रवक्ता प्रकाण्ड

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनप्रतिनिधिहरू जनताको साँढे भएको बताएका छन् । कालीकोटको खुलालु बजार व्यवस्थापन समितिले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता प्रकाण्डले जनप्रतिनिधिहरू साँढे भएपछि जनताले कसरी अधिकार पाउँछन् भनि प्रश्न गरेका हुन् ।

पार्टी प्रशिक्षणका लागि गृह जिल्ला कालीकोट पुगेका प्रकाण्डले जनप्रतिनिधिहरू भ्रष्ट र दलाल भएको टिप्पणी गरे । उनले व्यवस्था नै दलाल र भ्रष्टहरूको भएपछि जनप्रतिनिधिहरू राम्रो हुने कुरै नभएको बताए । प्रकाण्डले अब दलाल संसदीय व्यवस्था परिवर्तनका लागि जनयुद्धमा ठुलो योगदान गरेका कालीकोटबासी जनताले पुनः योगदान गर्नेबेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :