नेताको कुरा काट्ने बानीको अन्त्य गर्नुनै वीरजङ्गप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ : भुसाल

नेताको कुरा काट्ने बानीको अन्त्य गर्नुनै वीरजङ्गप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ : भुसाल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले नेताहरूको कुरा काट्दै हिड्ने बानीको अन्त्य गर्नुनै नेता चन्द्रबहादु चन्द ‘वीजगङ्ग’ प्रति सच्चा श्रदाञ्जली हुने बताएका छन् । नेकपा काठमाडौँ जिल्ला कमिटीले आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता भुसालले बाहिरबाहिर कुरा काट्ने बानी खराब भएको बताएका हुन् ।

‘मुखमा ठिक्क पार्दै चाप्लुसी गर्ने र अली पर गएपछि यो मान्छे सबैभन्दा खराव छ भनेर कुरा काटेको देखिन्छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘वीरजङ्गले यो कुरालाई कहिल्यै आफ्नो नजिक पर्न दिनु भएन् । उहाँ यस्ता मान्छेहरूबाट टाढै बस्नुहुन्थ्यो ।’ आफ्नो मनमा लागेका कुरा पार्टी कमिटीमा राख्ने गर्नाले पार्टीनै मजबुत हुने उनको भनाई थियो । ‘बाहिर कुरा काटेर के पाइन्छ ? विशेषगरी काठमाडौँमा यो समस्या छ ।’ उनले भने, ‘विचारहरूको मन्थन पार्टी कमिटीमा गर्ने हो । बैठकमा नेताहरूलाई जति गाली गरेपनि हुन्छ । मुखैमा गाली गरौँ, बाहिर जग हसाउने काम नगरौँ ।’

नेताहरूको कुरा काटेर धेरै समय बर्वाद पारेको भन्दै उक्त समयको सदुपयोग गरेर क्रान्तिमा केन्द्रित गरेको खण्डमा कमरेड वीरजङ्गप्रति सच्चा सम्मान हुने उनले बताए । वीरजङ्गलाई कम्युनिस्टको पार्टी सदस्य दिलाएका उनले भेटेदेखि दाहसंस्कार गर्दासम्मको जीवनी सुनाएका थिए ।

‘वीरजङ्ग मेरा एकदमै नजिकको नेता हुनुहुन्थ्यो । उहाँ जनताको मुक्तिका लागि परिवार भन्दामाथि राजनीति भनेर लाग्नु भयो ।’ उनले भने, ‘अहिले महान् नेताको पदवी पाउनु भएको छ । त्यो विप्लवको दाई भएर मात्र होइन, सच्चा कम्युनिस्ट भएकाले सम्भव भएको हो ।’

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य खुमा सुवेदीले वीरजङ्गको मृत्युले पार्टीलाई अपुरणीय क्षति भएको बताईन् । पार्टीलाई क्षति भएको भएपनि उहाँको मृत्युलाई शक्तिमा परिणत गर्दै त्यसको प्रेरणाले नै क्रान्ति सम्भव हुने बताइन् । ‘उहाँको मृत्युले पार्टीलाई क्षति भएको छ । तर उहाँको मृत्यु भयो भन्दै निरास हुने वा हतोस्साही हुने कुरा हुँदैन ।’ उनले भनिन्, ‘उहाँको मृत्यु्ले दिएको पीडालाई शक्तिमा बदलेर प्रेरणा लिँदै उहाँको सपना पूरा गर्न मोर्चा कस्नुपर्छ ।’

कार्यक्रममा नेवा मुक्ति मोर्चाका अध्यक्ष, जनसांस्कृतिक महासङ्घका महासचिव खेल थपलिया लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । नेकपाका केन्द्रीय सदस्य तथा महासचिव विप्लवका सहदर दाई वीरजङ्गको आजभन्दा १३ दिनअघि भारतमा मृत्यु भएको थियो । १३ दिनको अवसर पारेर नेकपाले बुधबार देशभर श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :