नेकपा जाजरकोटद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले गाउँगाउँमा जनतासँग वैज्ञानिक समाजवाद, जनमतसङ्ग्रह, एकीकृत जनक्रान्तिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज राजकुमार राई ‘संगम’, जाजरकोट जिल्ला सचिवालय सदस्य एरिया नं. १ का इन्चार्ज महान् लगायतको टोलीले मङ्गलबार जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं. आठ मैदेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राइले गाउँगाउँमा सिंहदरबार आयो र सिंहदरबारसँगै जनतालाई लुट्ने प्रक्रिया मिसिएको सिंहदरबार आएको स्पष्ट पारे । उनले जनतालाई वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था ठिक भनेर व्यवस्था रोज्ने अधिकार जनताको अधिकार हो र दिनुपर्छ संसदीय व्यवस्थाबाट निर्वाचित भएर सिंहदरबारमा गएकाहरूले जनताको अधिकारलाई कुण्ठित, दमन, हस्तक्षेप, राजनीतिक आक्रमण गरेर नेपालीहरूलाई खाडी मुलुकमा जाने बाध्यता गराएको दाबी गरे । राईले भने, ‘वैज्ञानिक समाजवाद व्यवस्था सबैको व्यवस्था हो संसदीय जस्तो होइन काँग्रेसले जित्यो भने काँग्रेसका नेताकार्यकर्ताले मात्र रोजगार पाउने, माओवादीले जित्यो भने माओवादीका नेताकार्यकर्ता मात्र रोजगार पाउने, एमालेले जित्यो भने एमालेका नेताकार्यकर्ता मात्र रोजगार पाउने ।’ साथै उनले संसदीय व्यवस्थाले दल, पार्टी, मन्त्री, प्रधानमन्त्री, माथिल्लो दर्जाका कर्मचारीहरू र पुँजीवादी वर्गहरू मात्र परिवर्तन भएको दाबी गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षक, बुद्धिजीवी, नेताकार्यकर्ता, किसान, मजदुर, सर्वसाधारण, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :