वीरजङ्गको निधन सगरमाथा झैँ उच्च छ : प्रवीण

वीरजङ्गको निधन सगरमाथा झैँ उच्च छ : प्रवीण

चरिकोट, दोलखा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा नेकपा दोलखाले चरिकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सभाका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य पुर्णबहादुर सिंह ‘प्रवीण’ ले श्रद्धाञ्जली मन्तव्य राख्दै वीरजङ्गले देखाउनु भएको महान् क्रान्तिकारी बाटोमा निरन्तर लागिरहने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने बताए । उनले भने, ‘नेपाली अनुहारका सिदेमान र ज्योतिबसुहरूले सुनियोजित ढङ्गले वीरजङ्गलाई बन्दी बनाए, मानसिक यातना दिए, शारीरिक कष्ट दिए, अन्ततः उपचारसमेत गर्न नदिएर वीरजङ्गको हत्या गरे ।’ उनले वीरजङ्गको निधन सगरमाथा झैँ उच्च रहेकोसमेत बताए ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका जिल्ला सभापति बर्मा लामा, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत, पत्रकार महासङ्घ दोलखाका सचिव दीलसागर केसीले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

उक्त सभाको सञ्चालन विशेष समिति सदस्य अर्जुन योगीले गरेका थिए भने सभापति दोलखा जिल्ला सेक्रेटरी माधव गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :