नेकपा सर्लाहीको चौथो पूर्ण बैठक सम्पन्न

नेकपा सर्लाहीको चौथो पूर्ण बैठक सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट इन्चार्ज मिसन, अतिथिहरू जिल्ला सेक्रेटरी कमल सुस्लिङ, विशेष कमिटी सदस्य जनक राउतको उपस्थितिमा सम्पन्न भएको हो ।

बैठकले अगामी मङ्सिर ८ गते काठमाडौँमा महासचिवले उद्घाटन गर्ने ९ औँ पार्टी पुनर्गठन दिवसमा सर्लाहीको सबै नगरपालिका, गाउँपालिकाबाट जनसहभागिता गराउने, दलाल संसदीय व्यवस्थाले थोपरेको उत्पीडिनबाट जनतालाई मुक्त गरि छाड्ने, विभिन्न कालोबजारी, भ्रष्टाचारी, बिकृति, बिसङ्गतिविरुद्ध सङ्घर्ष गर्ने र पार्टीले लिएको प्रगतिशील सरकार जनमतसङ्ग्रहको बारेमा व्यापक जनतामा लैजाने निर्णय गरेको छ ।

उक्त बैठकको अध्यक्षता सेक्रेटरी कमल सुस्लिङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :