नेकपा धादिङद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा धादिङद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङको आयोजनामा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा बुधबार श्रद्धाञ्जली सभा धादिङको नौबिसेमा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा प्रमुख अतिथि तथा पार्टीका धादिङ जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले वीरजङ्गको निधनले पार्टीलाई अतुलनीय क्षति भएको भन्दै एकीकृत जनक्रान्तिको अभियानलाई थप उचाइँमा पुर्याउन सबै जना एकाकार भएर लाग्नुपर्ने बताए । उनले वीरजङ्ग नेपाल कम्युनिस्ट पार्टीको मात्र नेता नभएर नेपाली सर्वहारा वर्गको नेता भएको र उहाँले नेपाली समाजवादी क्रान्ति पूरा गर्नको लागि व्यक्तिगत सबै लोभलाचल त्यागेर सामूहिक जीवनमा लाग्नु भएको हाम्रो आदर्शको सादकिपन जनता र क्रान्तिप्रतिको उहाँको चिन्ता हामी सबैले अनुसरण गर्नुपर्ने बताए । लामो समय जेलहिरासतमा राखेको कारण समयमा उपचार नपाएर उहाँको मृत्यु भएको भन्दै उहाँलाई रोगले हैन राज्यले मारेको श्रद्धाञ्जली सभामा सेक्रेटरी सुमनले बताए । उनले उहाँको अधुरो सपना पूरा गर्न एकीकृत जनक्रान्ति पूरा गर्नु अनिवार्य बनेको र तपाईं हामी सबैको काँधमा यो जिम्मेवारी थपिएको धारणा राखे ।

उक्त श्रद्धाञ्जली सभामा पार्टीका पुर्व जिल्ला सेक्रेटरी प्रवेश, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा जिल्ला सदस्य सागर, जिल्ला सदस्यहरू प्रतिक, धनबहादुर घले, कृष्ण खतिवडा, मोहन घले, माइला गुरुङ, अभय लगायतले एकीकृत जनक्रान्तिमार्फत वीरजङ्गको सपना पूरा गर्ने बाचा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :