युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको तयारी तिव्र

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको तयारी तिव्र

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलन कात्तिक १३, १४ र १५ गते दाङको घोराहीमा सम्पन्न हुँदैछ ।

सङ्गठनले चौथो राष्ट्रिय सम्मेलनको तयारीलाई तिब्र बनाएको छ । कात्तिक १३ गते नेकपाका महासचिव विप्लवद्वारा उद्घाटन हुने सम्मेलनको उद्घाटन समारोहमा विभिन्न जिल्लाबाट आउने सम्मेलन प्रतिनिधिहरूको स्वागतको लागि सङ्गठनले जिल्लाका विभिन्न ठाउँमा स्वागत गेट निर्माण गरिरहेको सङ्गठनका जिल्ला इन्चार्ज मनोजले बताए । यस्तै सङ्गठनले जिल्लाका अधिकांश ठाउँमा भित्तेलेखन कार्यलाई पनि अघि बढाएको जनाएको छ भने चौथो राष्ट्रिय सम्मेलनको लागि सङ्गठनले जिल्लामा हजारौँ झण्डा निर्माण कार्यलाई पनि निरन्तरता दिएको छ ।

यस्तै सङ्गठनले पार्टी महासचिव विप्लवद्वारा उद्घाटन हुने चौथो राष्ट्रिय सम्मेलनको प्रचार÷प्रसारलाई पनि सोमबार देखि तिब्र पारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :