मकवानपुरमा खोलेको एमसिए कार्यालय हटाउन संयुक्त ज्ञापन पत्र

मकवानपुरमा खोलेको एमसिए कार्यालय हटाउन संयुक्त ज्ञापन पत्र

मकवानपुर : मकवानपुरको हेटौंडामा रहेको एमसिए कार्यालय हटाउन विप्लव नेतृत्वको नेकपासहित अन्य १० वटा पार्टी तथा ५ वटा संस्थाले संयुक्त हस्ताक्षरित पत्र बुझाइएको छ । मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको एमसीसी सम्झौता कार्यान्वयनको पूर्व तयारीका लागि खोलेको उक्त कार्यालय हटाउन सोमबार कार्यालयकी प्रतिनिधीमार्फत् एमसिए कार्यालय हेटौँडालाई विप्लव नेतृत्व नेकपासहित १५ वटा विभिन्न सङ्घसंस्थाहरूले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

बिगतदेखि नै नेपाल सरकार र अमेरिकाबीच भएको अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती सम्झौता संसदबाट पास गराउन विभिन्न तत्वहरू सक्रिय भइरहेका छन् । सम्झौतामा उल्लेख गरेका घातक बुँदाहरूका आधारमा नै एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधीनता, संविधान कानून, सुरक्षा, अन्तर्राष्ट्रिय मैत्री विपरीत रहेको स्पष्ट हुन्छ । यस राष्ट्रघाती सम्झौताको विरोध र खारेजीको माग गर्दै विगत लामो समयदेखि नै नेपाल कम्युनिस्ट पार्टीसहित अन्य विभिन्न राष्ट्रप्रेमी, देशभक्त तथा प्रगतिशील पार्टीहरू, नागरिक समाज, सामाजिक अभियन्त, बौद्धिकताका साथै विभिन्न सङ्घसंस्थाहरूले सङ्घर्ष गर्दै आइरहेका छन् । यस विषय विपरीत एमसीसी सम्झौता कार्यान्वयनको पूर्व तयारीका लागि मकवानपुरसहित कैयौँ जिल्लाहरूमा एमसिए कार्यालय खोलिरहेका छन् । यस विषयप्रति नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पार्टी तथा विभिन्न सङ्घसंस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । साथै राष्ट्रघाती सम्झौतालाई जवरजस्त लाद्ने कुचेष्टा नगर्न चेतावनीसमेत दिएका छन् ।

आबद्ध पार्टी, बौद्धिक तथा नागरिक सङ्घसंस्थाहरू नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – सेक्रेटरी, राम घलान ‘वाटर’, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मकवानपुर – सेक्रेटेरी, रामचन्द्र नेपाली ‘पारस’, नेपाल कम्युनिस्ट पार्टी माले, मकवानपुर – उप–सचिव, हरिकृष्ण अधिकारी, नेकपा मसाल, मकवानपुर – प्रवक्ता, रामहरि धिताल, नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – संयोजक, माननाथ तिमल्सिना, राष्ट्रिय जनमोर्चा नेपाल – अध्यक्ष, नीर कुमार सिंतान, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, मकवानपुर – संयोजक, गणेश रसाइली, नेमकिपा, मकवानपुर – प्रतिनिधि, दिपेन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टी – प्रतिनिधि, जीवन लामा, माओवादी जनमुक्ति पार्टी – प्रतिनिधि, जीवन घिमिरे, बौद्धिक मञ्च नेपाल, मकवानपुर – अध्यक्ष, विमल केशरी पौडेल, राष्ट्रिय जन सरोकार मञ्च नेपाल, मकवानपुर – संयोजक, उमेश गुणी, नागरिक सरोकार समिति, मकवानपुर – संयोजक, केशव गौतम, मानवाधिकार संरक्षक मञ्च, मकवानपुर – संयोजक, अरुण खतिवडा र उन्मुक्त पुस्ता, मकवानपुर – संयोजक, वनस्थम थिङ रहेका छन् ।

उल्लेखित पार्टी तथा सङ्घसंस्थाहरूका प्रतिनिधिहररूको संयुक्त हस्ताक्षरमा एमसिए कार्यालय हेटौँडालाई सोमबार उक्त पत्र बुझाएको हो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :