नेकपा महोत्तरीको जिल्ला बैठक सम्पन्न

नेकपा महोत्तरीको जिल्ला बैठक सम्पन्न

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति महोत्तरीको बैठक सम्पन्न भएको छ । कात्तिक ७ र ८ गते जिल्ला सेक्रेटरी झमानासिंह वलम्पाकीको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज त्रिलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा प्रमुख अतिथि त्रिलोकले समसामयिक राजनीतिक प्रस्तावको भाव सम्प्रेशन गर्दै मुठ्ठी भर केही व्यक्ति दलाल संसदीय व्यवस्थालाई शिरोधर गर्दा राणा शासन, राजतन्त्र जस्ता शासन पद्धतिको अन्त्य भएको हुँदा त्यही पद्धतिलाई निरन्तर कायम गर्ने दलाल संसदीय व्यवस्था सार्वभौमिक जनताका सामू टिक्न नसकने बताए । उनले त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्थाको संविधान कानुन लागू भई सम्पूर्ण श्रमिक उत्पीडीत जनता दास नोकर गुलामको सट्टा मालिक भई राजनीतिक दास्ता जनसेवक हुने दृष्टिकोण विचार नीति प्रधान हुने व्यवस्था स्थापितको निम्ति दलाल संसदीय सरकारको ठाउँमा अग्रगामी प्रगतिशील संयुक्त सरकार र संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादको व्यवस्था स्थापनाका निम्ति तत्कालीन कार्यनीतिले आम उत्पीडीत श्रमिक जनताको विजय हुने बताए ।

त्रिलोकले चुनाव व्यक्ति र अमुक रगत पिपासु पार्टीको चुनाव मत नभई व्यवस्था परिवर्तनको निम्ति चुनाव गराउन अधिकार प्राप्त गर्न जनमतसङ्ग्रहको चुनाव अनिवार्य हुने र जनमतसङ्ग्रहबाट सार्वभौमिक जनतालाई राजनीतिक कर्मी जनताको श्रमिक जनसेवक भई जनता मालिक हुने भनि संसदीय व्यवस्थाका मतियारहरूलाई चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :