नेकपा पाल्पाको चेतावनी, एमसीसी शाखा कार्यालय तुरुन्तै हट्न आग्रह

नेकपा पाल्पाको चेतावनी, एमसीसी शाखा कार्यालय तुरुन्तै हट्न आग्रह

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना अन्तर्गत निर्माण भएको एमसीसीको कार्यालय हटाउन चेतावनी दिएको छ ।

सोमबार पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेकपा निकट मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यालयका शाखा प्रमुख सङ्गिता नेपाललाई तुरुन्तै त्यहाँबाट कार्यालय हटाउन माग गरिएको पत्र बुझाएका हुन् ।

पत्रमा एमसीसी परियोजना विवाद रहेको र नेपाली जनताले नस्वीकार्यको अवस्थामा प्रपञ्च रचेर अगाडि बढ्न खोजिएको समेत बताएका छन् । तसर्थ यस्तो अवस्थामा देश र जनताको हितमा र विवादित रहेको अवस्थामा कार्यालय खोलिनु राष्ट्रियता विपरीत भएको समेत नेताहरूले बताएका छन् । त्यसैले यस्तो अवस्थामा कार्यालय खोलिनु, रहनु र अटेरी गरिनुमा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर आपत्ति सहित तुरुन्तै उक्त कार्यालय हटाएर उक्त कार्यमा संलग्न नेपाली कर्मचारीहरू समेत नेपाली राष्ट्रियताको पक्षमा लाग्नसमेत अपिल गरेका छन् । साथै यदि यश कार्यलाई अटेरी गरे गम्भीर परिणाम निस्कने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :