नेकपाको संयुक्त स्कुलिङ कार्यक्रम जारी

नेकपाको संयुक्त स्कुलिङ कार्यक्रम जारी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा सञ्चालन भइरहेको संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा जारी रहेको छ ।
शनिबारदेखि सुरु भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी संगठन, जनसांस्कृतिक, लेखक संघ लगायत विभिन्न विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

उक्त स्कुलिङमा केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज भेषराज भुसालले वैज्ञानिक समाजवादी अर्थशास्त्रका विषयमा, स्कुलिङ विभागका सदस्यहरु लाल बहादुर बिसीले दर्शनशास्त्र, विभागका सदस्य गतिले वैज्ञानिक समाजवाद र विश्व कम्युनिष्ट आन्दोलनको इतिहास, विपिन शर्माले नेपाली आन्दोलनको इतिहास र खेम थपलियाले माक्र्सवादी सौन्दर्यशास्त्रको बारेमा प्रशिक्षण दिइरहेका छन् । मालेमावादको सार्वभौम नियम र पार्टीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशामा वैचारिक एकरुपता कायम गर्दै थप अगाडि बढ्न स्कुलिङले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

उक्त स्कुलिङ कार्यक्रम कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । सबैको बुझाइलाई एक ठाउँमा ल्याउने र वैचरिक एकरुपता कायम गर्दै थप विकास गर्न मद्यत गर्ने उदेश्यले नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी स्कुलिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :