नेकपा सिन्धुलीको १२ औँ पूर्ण बैठक सम्पन्न

नेकपा सिन्धुलीको १२ औँ पूर्ण बैठक सम्पन्न

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको १२ औँ पूर्ण बैठक सेक्रेटरी गोपाल भ्लोनको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।

बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली/रामेछाप इन्चार्ज भरत बम ‘रणबिर’, विशेष कमिटी सदस्य शसी रायको पनि उपस्थिति रहेको थियो । केन्द्रीय सदस्य भरत बमलाई जिल्ला समिति सिन्धुलीले स्वागत पनि गरेको थियो ।

बैठकले अगामी मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस काठमाडौँमा मनाउने शभाको लागि सबै नगर, गाउँपालिकाबाट न्यायप्रेमी जनसमुदायलाई सभामा सहभागी गराउने निर्णय गरेको छ । साथै दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गरि जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि जनमत सिर्जना गर्ने निर्णयसमेत गरेको नेकपा सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :