युवा सङ्गठन नेपाल सप्तरीको भेला सम्पन्न, अध्यक्षमा कार्तिक

युवा सङ्गठन नेपाल सप्तरीको भेला सम्पन्न, अध्यक्षमा कार्तिक

सप्तरी : जनताको व्यवस्था चुन्नको लागि जनमतसङ्ग्रहको सृजना गरौँ ! वैज्ञानिक समाजवादको पक्षमा प्रथम जिल्ला सम्मेलन सफल पारौँ !! भन्ने मुल नाराका साथ युवा सङ्गठन नेपाल सप्तरीको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कार्तिकको नेतृत्वमा उपाध्यक्षमा ज्योतिष कुमार, सचिव संजय कुमार शाह, कोषाध्यक्ष पंकज, सह–सचिव सन्जिब लगायत ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

भेलामा प्रमुख अतिथि युवा सङ्गठन नेपालका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङ, जिल्ला सेक्रेटरी रेखा चौहान रहेका थिए । भेलामा सेक्रेटरी रेखाले निर्वाचित युवाहरूलाई बधाई तथा पार्टीको धारण राखेका थिए ।

बिचारमानले सम्पूर्ण युवाहरू एकीकृत जनक्रान्तिको लालझन्डा मुनि गोलबन्द हुन अपिल गरे । उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाको खारेजी र जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापनाका लागि युवाहरूकै भुमिका मुख्य रहेको र युवाहरूले नै पहल गर्नुपर्ने बताए । विचारमानले एमसीसी खारेजीको मुद्दामा युवाहरू सधैँ चनाखो रहन अपिलसमेत गरे । उनले संसदीय व्यवस्था असफल भइसकेको हुँदा युवाहरू एक भएर वैज्ञानिक समाजवादको पक्षमा उभिन सुझाव दिए । भ्रष्टाचार, बेरुजु, बेतिथि, देश बेच्ने दलालहरूको बिरुद्ध सधैँ सचेततापूर्वक उभिन विचारमानले आग्रह गरे ।

विचारमानले कात्तिक १३, १४ र १५ गते दाङमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारीका लागि जिल्ला भेला गरेको र राष्ट्रिय सम्मेलन महासचिव विप्लवले उद्घाटन गर्ने जानकारी पनि दिएका थिए । साथै उनले मङ्सिर ८ गते जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन दिवस उत्सवमा सहभागी हुन सबै युवाहरूलाई तयारी रहन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :