युवा सङ्गठन नेपाल मोरङमा आकाश

युवा सङ्गठन नेपाल मोरङमा आकाश

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल मोरङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

मोरङको बेलबारीमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज निर्मलको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भेलाले सागर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

उक्त भेलामा विशेष अतिथि युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् मेची–कोशी ब्युरो संयोजक सुवास राई थिए भने अतिथिहरूमा मोरङ जिल्ला सचिव नरेश लगायतका जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्मलले अब युवाहरू सचेत भएर दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एक भएर लड्नुपर्ने बताउँदै वैज्ञानिक समाजवाद नै अबको विकल्प रहेको बताए ।

त्यसैगरी नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिँदै सङ्गठनका केन्द्रीय सदस्य एवम् मेची–कोशी ब्युरो संयोजक सुवासले अबको युवा पुस्ता सचेत रहेको बताउँदै दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद प्राप्तिका लागि बलिदान गर्न परेपनि तयार रहनुपर्ने उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :