दाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा निकट युवा सङ्गठनमा प्रवेश

दाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा निकट युवा सङ्गठनमा प्रवेश

दाङ : तुलसीपुर उप–महानगरपालिका –३ गहतेस्थित सालघारी टोल बिकास समितिका सम्पूर्ण युवाहरू विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिका–३ नं. वडा कमिटीमा बिस्तार भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनका अध्यक्ष डम्बर नेपालीको अध्यक्षता एवम् युवा सङ्गठनका जिल्ला सचिव सुदर्शनको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर –३ का वडा सेक्रेटरी बालकृष्ण खरेलको विशिष्ट आतिथ्यतामा सम्पन्न सो पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० युवाहरू सङ्गठनमा समाहित भएका छन् । उक्त कार्यक्रममा जनपत्रकार सङ्गठनका सह–सचिव दोर्ण केसी लगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रमले केशव धर्तीको अध्यक्षतामा पछि थप गर्ने गरि २०० सदस्यीय युवा सङ्गठन नेपाल तुलसीपुर उप–महानगरपालिका –३ गहतेस्थित सालघारी टोल बिकास संस्था बिस्मुरे सेल कमिटी गठन गरेको छ भने कार्यक्रमको सहजीकरण युवा सङ्गठनका अध्यक्ष डम्बर नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :