महासचिव विप्लवद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

महासचिव विप्लवद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

सैनामैना : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद तथा बेपत्ता परिवारजन र स्थानीय जनतासित भेटघाट गरेका छन् । शनिबार महासचिव विप्लवले पार्टीको आन्तरिक प्रशिक्षणको सिलसिलामा रुपन्देहीको सैनामैनामा भेटघाट गरेका हुन् ।

महासचिव विप्लवले सहिद परिवारसित भेटघाटपछि संक्षिप्त मन्तव्य राख्दै महान् सहिदहरूको अधुरा सपनाहरूलाई पूरा गरिछाड्ने बताएका छन् । उनले आफूहरूले क्रान्तिलाई नयाँ ढङ्गले पूरा गर्ने बताउँदै कुनै पनि हालतमा संसदीय पुँजीवादी व्यवस्थामा आत्मसमर्पण नगरिने बताए । विप्लवले जनमतसङ्ग्रहको माध्यमद्वारा वैज्ञानिक समाजवादमा पुग्न सम्भव रहेको बताउँदै त्यसले मात्रै जनताको अधुरा सपनाहरू पूरा गर्ने बताए । महासचिव विप्लवले भने, “संसदीय पुँजीवाद र वैज्ञानिक समाजवाद ? जनताले रोज्न पाउनुपर्छ ।”

भेटघाट कार्यक्रममा सहिद परिवारकी आमा तुलसा पाण्डे र स्थानीय जनताले फूलमाला लगाएर स्वागत गरेका थिए भने सैनामैनाका स्थानीय नेता कार्यकर्ता र जनताको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

उक्त भेटघाटमा नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृति, केन्द्रीय कार्यालय सचिव असल, रुपन्देही सेक्रेटरी विश्वास, सैनामैना सेक्रेटरी बर्षालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :