संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा सुरु

संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा सुरु

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा संयुक्त स्कुलिङ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु भएको छ । शनिबार उद्घाटन भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी, जनसांस्कृतिक, प्रकाशन विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ । केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागका प्रमुख ध्रुबको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले स्कुलिङ कार्यक्रमले विचारधारात्मक कार्यलाई अगाडि बढाउन महत्वपूर्ण हुने बताए । यो कार्यक्रमले सबैको वैचारिक बुझाइलाई एक ठाउँमा ल्याउने र विचारमा एकरुपता कायम गर्दै थप विकास गर्न मद्यत गर्ने बताए । आफ्नो पार्टीले मात्र व्यवस्थीत रुपमा स्कुलिङ कार्यक्रम चलाएको समेत दाबी गरे । कार्यक्रमको सञ्चालन स्कुलिङ विभागका सदस्य लाल बहादुर बिसीले गरेका थिए । स्कुलिङ कार्यक्रम कात्तिक १० गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :