संसदीय व्यवस्थाको विकल्पमा जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद : विप्लव

संसदीय व्यवस्थाको विकल्पमा जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति भएको बताएका छन् । उनले रुपन्देहीको विस्तारित बैठकमा प्रशिक्षण मन्तव्य राख्दै क्रान्ति शान्तिपूर्ण पनि हुने बताउँदै जनमतसङ्ग्रह मुर्दाहरूले गर्ने नभई क्रान्तिकारीहरूले गर्ने बताए ।

महासचिव विप्लवले खास समयमा जनताको बलमा रुपान्तरण सम्भव हुने र बन्दुक इच्छाको कुरा नभई बाध्यता भएको बताए । उनले जनमतसङ्ग्रह एकीकृत जनक्रान्ति अन्तर्गतको एउटा नयाँ कार्यनीति भएको बताए । विप्लवले भने, “तीनबुँदे सहमति नभएको भएपनि हामीले जनमतसङ्ग्रहको कार्यनीति भन्थ्यौँ । केपीको सरकार ढल्नुको कारण संसदीय व्यवस्थाको असफलता भएको र यसको विकल्पमा जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादको कार्यनीति बनाएका हौँ ।” विप्लवले त्यसका लागि नेकपा सहितको प्रगतिशील संयुक्त सरकार आवश्यक भएको बताएका छन् । उनले आवश्यक परे प्रगतिशील संयुक्त सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न तयार रहेको बताए । विप्लवले अगाडि भने, “बन्दुक रहर होइन, बाध्यकारी हतियार हो । राज्यले नसुनेपछि जनताका लागि यो बाध्यकारी परिणाम हो ।” महासचिव विप्लवले जनमतसङ्ग्रहको चुनावमा जनताले जित्ने भन्दै भने, “जनमतसङ्ग्रहको चुनाव कसैको दयाले होइन, जनताको तागतले हुन्छ । जनताले जित्नेगरी हुन्छ ।”

संसदीय व्यवस्था असफल भएको कुरा अहिले नभएर पार्टीले जनयुद्धकालदेखि नै भनिरहेको भन्दै जनमतसङ्ग्रहमा वैज्ञानिक समाजवादी पक्षधरहरूले चुनाव जित्ने मात्रै होइन, त्यसको रक्षा गर्ने गरी जनता एकीकृत हुने विप्लवले बताए । उनले जनमतसङ्ग्रहको कार्यनीतिबाट कसैपनि आतङ्क हुन नपर्ने बताउँदै अबको राष्ट्रिय राजनीति यसैमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :