युवा सङ्गठन नेपाल जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जाजरकोटको ५ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

तीनबुँदे सहमति कार्यान्वयन गर, वैज्ञानिक समाजवाद लागू गर, भ्रष्टाचार अन्त्य गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, भन्ने मूल नारासहित युवाहरूले रिम्ना बजारमा शनिबार र्यालीसहित बजार परिक्रमा गर्दै युवा सङ्गठन नेपाल जाजरकोटको ५ औँ जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न भएको हो ।

सम्मेलनले पछि २ सदस्य थप्ने गरि १९ जनाको जिल्ला कमिटी गठन गरेको छ । जसमा अध्यक्ष डिल्ली राना, उपाध्यक्ष कपिल शाही, सचिव प्रबिन पुन (टेकबहादुर पुन), कोषाध्यक्ष उमा वलि, सह–सचिव गोबिन्दसिंह, सदस्यहरू बिजय चनारा, टेकेन्द्र पुन, भक्त परियार, लोकेन्द्र बिक, चक्षन वली, प्रकाश बिक, किरण थापा, प्रकाश घर्ती, भिमबहादुर पुन, सन्तोष मल्ल, पदम हमाल, प्रकाश बिकलाई निर्वाचित गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज राज कुमार राई ‘संगम’ ले केपी शर्मा वली, शेरबहादुर देउवा, प्रचण्ड, बाबुराम जस्ता राष्ट्र घातीहरूले हाम्रो नेपाली भूमि भारतीय बिस्तारवादीहरूसँग मिलेर लिपुलेक, लिम्पियाधुरा, कालापानी, बेचेको आरोप लगाए । पटकपटक सीमा सुरक्षामा खटिएका नेपाली सेनाहरूलाई विस्तारवाद भारतीय सेनाले गोली हानी हत्या गर्दासम्म पनि भारतीय सरकारसँग कुतनीतिक छलफल गरि सीमा क्षेत्रमा हुने विवाद अन्त्य गर्न नसक्नु, साथै भारतीय सेनाका जवान एसएसबीले टुइन काटी जयसिंह धामीको हत्या हुँदासम्म नेपाल सरकारले छानबिन गरि दोषीलाई कारवाही नगर्नुमा कस्तो र कस्को सरकार हो ? भनेर नेपाली जनता अलमल परेको संगमले बताए ।

यसैगरी युवा सङ्गठन नेपाल केन्द्रीय सदस्य एवम् भेरी कर्णाली व्युरो संयोजक दिपले युवा सङ्गठन नेपाल देशमा हुने वैदेशिक हस्तक्षेप र राष्ट्रघाती सम्झौता लगायत तमाम समस्याको विरुद्ध निरन्तर सङ्घर्ष गर्ने र बलिदान गर्नु परेमा बलिदान गर्नसमेत तयार रहेको बताए । साथै उनले नवनिर्वाचित पधाधिकारीलाई सपथग्रहण तथा सङ्गठनको आगामी कार्य योजनाबारे प्रशिक्षित पारेका थिए ।

उक्त सम्मेलनमा गोबिन्द चन्दको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज राज कुमार राई ‘संगम’, जिल्ला सेक्रेटरी अनन्त, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रेम शाही, नेकपा जिल्ला सचिवालय सदस्यहरू हिमाल, महान्, युवा सङ्गठन नेपाल रुकुम पश्चिमका अध्यक्ष बिबेक लगायत अतिथि रहेका थिए भने नवनिर्वाचित अध्यक्ष डिल्ली रानाले कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :