नेकपा सर्लाहीद्वारा भुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

‘प्रियंका भुजेलको बलात्कार पछि हत्यामा संलग्न अपारधीहरूलाई कडाभन्दा कडा सजायको माग’

नेकपा सर्लाहीद्वारा भुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति, सर्लाहीले प्रियंका भुुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै उक्त घटनाको निष्पक्ष छानविन गरी यस्ता प्रकारका जघन्य अपराधमा संलग्न अपारधीहरूलाई कडाभन्दा कडा सजायको माग गरेको छ ।

जिल्ला सेक्रेटरी कमल सुस्लिङले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै लालबन्दी नगरपालिका वडा नं. १७, रानीगञ्ज निवासी १४ वर्षीया प्रियंका भुजेलको दिनदहाडै बलात्कार पछि हत्या भएको यस्ता जघन्य, अमानवीय घटनाप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।

‘हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. १७, रानीगञ्ज निवासी १४ वर्षीया प्रियंका भुजेलको बलात्कार पछि हत्या भएको छ । उनको सब घरदेखि ३ कि.मि. टाडा कालिन्चोर खोलामा फेला परेको जानकारी प्राप्त भएको छ । दिनदहाडै १४ बर्षीया किशोरीमाथि भएको जघन्य, अमानवीय घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘उक्त घटनाको जतिसुकै निन्दा गरे पनि कमै हुन्छ । अतः हाम्रो पार्टी घटनाको निष्पक्ष छानविन गरी यस्ता प्रकारका जघन्य अपराधमा संलग्न अपारधीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दछ । मृतक नानी प्रियंका भुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :