नेकपा धनुषा जिल्लाको एघारौँ पूर्ण बैठक सम्पन्न

धनुषा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति धनुषाको एघारौँ पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी सन्तोषको अध्यक्षता, प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देवनारायण, अतिथि जनसेवक अभयको उपस्थितिमा कात्तिक ४ र ५ गते जिल्लाको बैठक सम्पन्न भएको हो ।

बैठकले उत्तर साम्राज्यवाद र राजतन्त्रको अन्त्य पश्चात विकसित दलाल संसदीय बुर्जुवा पुँजीवाद व्यवस्थाका विरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने निर्णय पारित गर्दै वैज्ञानिक समाजवाद स्थापना ९५ प्रतिशत जनताको हितका निम्ति रतिभर पछि नहट्ने बरु खरानी हुने तर, जनताले धोखा नपाउने अठोटका साथ एकीकृत जनक्रान्तिको कार्यदिशाले ठोस गरेको नीति अग्रगामी प्रगतिशील संयुक्त सरकारमार्फत दलाल भ्रष्टाचारी संसदीय व्यवस्था र नेपाली नागरिकको नैसर्गिक अधिकार सम्पन्न गर्ने निर्णय गरेको छ ।

वैज्ञानिक समाजवादको निम्ति जनमतसङ्ग्रहको चुनाव अनिवार्य हुनुपर्ने र यस चुनावबाट वैज्ञानिक समाजवादको विजय सुनिश्चित भएको कारण दलाल अमानवीय चरित्रका मुठ्ठीभर व्यक्तिहरू तर्सिएर अनेक वितण्डा मच्चाइरहेका छन्, यसको भण्डाफोर र शसक्त प्रतिरोधको महत्वपूर्ण निर्णय बैठकले लिनुको साथै नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य श्रद्धय कमरेड वीरजङ्गप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरि बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :