नेकपा धादिङको तेस्रो पूर्ण बैठक सम्पन्न

नेकपा धादिङको तेस्रो पूर्ण बैठक सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङको तेस्रो जिल्ला बैठक शुक्रबार धादिङबेशीमा सम्पन्न भएको छ ।

जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा रहेका थिए । तेस्रो पूर्ण बैठकले पार्टी केन्द्रीय समितिको एघारौँ बैठकले काठमाडौँमा पार्टी स्थापना दिवस मनाउने गरेको निर्णयमा सिङ्गो जिल्लालाई केन्द्रित गर्ने निर्णय गरेको छ ।

पार्टी स्थापना दिवसको लागि जिल्ला पार्टीले प्रचार/प्रचार लगायतका कार्यक्रम गर्ने, त्यसको लागि सिङ्गो जिल्ला पार्टी पुरै केन्द्रित हुने, जनजिविका राष्ट्रियताका राष्ट्रघाती एमसीसी सम्झौताका बारेमा जनताका बीचमा जाने र जनदवाव सिर्जना गर्ने लगायत निर्णय गरि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :