युवा सङ्गठन नेपाल बाराको दोस्रो भेला सम्पन्न

युवा सङ्गठन नेपाल बाराको दोस्रो भेला सम्पन्न

बारा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल बारा जिल्लाको दोस्रो भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले निरज साहको नेतृत्वमा १७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बारामा भएको भ्रष्टाचार, शोषण, जनतामाथि भएको दमनका विरूद्ध लड्न र एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान् गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :