नेकपा चितवनद्वारा भ्रमपूर्ण समाचारको खण्डन

‘पार्टीका विरुद्ध जनस्तरमा भ्रम फैलाउने उद्देश्यले प्रशारण नगर्न नगराउन हार्दिक अनुरोध’

नेकपा चितवनद्वारा भ्रमपूर्ण समाचारको खण्डन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला सेक्रेटरी मिनप्रसादले शुक्रबार एक विज्ञप्तिमार्फत बुधबार Galaxy 4k टेलिभिजनबाट प्रशासन हुने रवि लामिछानेसँग सिधाकुरा भन्ने कार्यक्रममा पार्टीसँग सम्बन्धित रहेर चन्दा आतङ्क भन्ने शिर्षकमा प्रशारण भएको समाचारको खण्डन गरेका छन् ।

‘मिति २०७८ साल कात्तिक ३ गते काठमाडौँस्थित Galaxy 4k टेलिभिजनबाट प्रशासन हुने रवि लामिछानेसँग सिधाकुरा भन्ने कार्यक्रममा हाम्रो पार्टीसँग सम्बन्धित रहेर चन्दा आतङ्क भन्ने शिर्षकमा प्रशारण भएको समाचारप्रति नेकपा चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञिप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीलाई सहयोगको लागि स्वच्छीक अपिल गर्ने नीति पार्टीको रहेको र समाचार प्रशारण क्रममा उल्लेख गरिएको उक्त म्यासेज प्रकरणमा विषयमा सम्बन्धित व्यक्ति र उद्योग वाणिज्य सङ्घ नारायणगढका प्रतिनिधिहरूसँग बसि छलफल भै उक्त प्रकरण पार्टीको नीति र विधिसमेत नरहेको साथै पार्टीको त्यसमा कुनै संलग्नता नरहेको कुरा जानकारी गराइसकेको छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘उक्त विषयलाई फेरी पार्टी चिठ्ठी नम्बर र चलानी नम्बर नरहेको र कुनै व्यक्तिको नामसमेत नरहेको वेनामी चिठ्ठी प्रस्तुत गरि पार्टीलाई कुनै सम्पर्क नै नगरी एकलौटी रुपमा Galaxy 4k टेलिभिजन जस्तो राष्ट्रियस्तरको टेलिभिजनमा पार्टीका विरुद्ध जनस्तरमा भ्रम फैलाउने उद्देश्यले प्रशारण नगर्न नगराउन हार्दिक अनुरोध गर्दै टेलिभिजनबाट प्रशारण भएको समाचारप्रति हाम्रो पार्टी खण्डन गर्दछ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :