तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै इलाममा प्रदर्शन

तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै इलाममा प्रदर्शन

इलाम : नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्दै नेपाल कम्युनिस्ट पार्टी इलामले दबाब प्रदर्शन गरेको छ ।

इलामको मुख्य चोक बजारमा सम्पन्न प्रदर्शनलाई नेकपा इलामका सचिव मौसमले सम्बोधन गरेका थिए । उनले आफ्नो पार्टी तीनबुँंदेप्रति इमान्दार भएपनि सरकारले बैमानी गरिरहेको बताए । उनले भने– “जनताको सङ्घर्षको बलमा तीनबुँदे भएको हो, राज्य यदि कार्यान्वयनको निम्ति तयार नहुने हो भने जनताकै सङ्घर्षको बलमा यो कार्यान्वयन हामी गरांउछौँ र यसले यो सत्तालाई कहाँ पुर्यांउछ हेक्का राख्नु पर्छ ।”

बन्दी रिहाइ र मुद्दा खारेजी नै प्रथम कुरा रहेको भन्दै त्यसपछि वार्ताका अरू कुरा हुने र सरकारले सहमति कार्यान्वयन गरेर आंफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नुपर्ने उनले बताए । मौसमले भने– “पार्टीलाई दबाबमा राख्ने, गलाउने जस्ता सपना देखेको हो भने सत्ताको यो दिवा सपना हो । हामी बलिदान गर्छौँ तर जनताका मुद्दाहरूबाट एकसुता टसमस हुने छैनौँ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :