युवा सङ्गठन नेपाल रुकुम पश्चिममा बिबेक बिश्वकर्मा

युवा सङ्गठन नेपाल रुकुम पश्चिममा बिबेक बिश्वकर्मा

रुकुम पश्चिम : युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) को चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विवेक विश्वकर्माको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्षमा महेश बस्नेत, सचिवमा शिव रसाइली, सह–सचिवमा रमेश मल्ल र कोषाध्यक्षमा प्रतिभा पौडेललाई सम्मेलनले निर्वाचित गरेको छ । त्यस्तै किरण, रवीन्द्र, राजन, राजकुमार, दिपक, निरुता, टेकबहादुर, लालु, पृथ्वी, श्वयमप्रकाश, भुपेन्द्र, पुष्पकमल, रोशन, दिपेन्द्र, मोहन, खिमप्रकाश, अरुण र भरतलाई सम्मेलनले जिल्ला समितिमा निर्वाचित गरेको छ ।

दलाल संसदीय व्यवस्थाको विरुद्ध एकीकृत जनक्रान्तिको आन्दोलन – जुझारु सङ्गठन निर्माण र वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ असोज १९ गते उद्घाटन भएको कार्यक्रम असोज २० गते सम्पन्न भएको छ । युवा सङ्गठन नेपालको चौथो जिल्ला सम्मेलनलाई नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :