नेकपा नेता रणवीरलाई कालिकोटमा भव्य स्वागत

जनताको राज्यको माग गर्दा जेल हालियोः भरत बम

नेकपा नेता रणवीरलाई कालिकोटमा भव्य स्वागत

कालिकोटः जेल रिहाइपछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम रणवीर पहिलो पटक गृह जिल्ला कालिकोट पुग्दा नेता कार्यकर्ता तथा स्थानीय भव्य स्वागत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम रणवीरले जनताको राज्यको माग गर्दा आफूलाई जेल हालिएको बताए । २८ महिना लामो जेल जीवनपछि गृह जिल्ला कालिकोट पहिलो पटक फर्किएका नेता बमले बुधबार सदरमुकाम मान्ममा आयोजित विरोध प्रदर्शन तथा अभिनन्दन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले यो दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु, जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र उनीहरुको उपहार भएको बताए ।

आफूले जेलमा बस्दा ३ ‘ग’ को भूमिका पुरा गरेको दाबी गर्दै नेता बमले सानो जेलको घेराबाट ठूलो जेलको घेरामा आएको बताए ।
संसारमा कोही पनि स्वतन्त्र नभएको भन्दै पूजीवादीहरुको उत्पीडन, शोषण, दमनमा परिरहनु परेकाले त्यसबाट मुक्त हुनु नै ठूलो जेलबाट मुक्त हुने ठोकुवा गरे ।

नेता बमले आफ्नो रिहाइको लागि सहयोग गर्ने पार्टी कार्यकर्ता, शुभचिन्तक, पत्रकार तथा कालिकोटबासीलाई समेत धन्यवाद दिए । स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट, जुम्ला जिल्ला इन्चार्ज विराट, जिल्ला सेक्रेटरी रणदिपले स्वागत तथा अभिनन्द गर्दै सत्यको जीत र असत्यको हार भएको बताए ।

उनले संसदवाद सबै हिसाबले पतन भएको दाबी पनि गरे । कार्यक्रममा जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समग्र लगायतका नेता कार्यकर्ताहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :