नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको तेह्रौं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको तेह्रौं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको तेह्रौं पूर्ण बैठक आज सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव युगीनको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक, दोलखा इन्चार्ज प्रविणको प्रमुख आतिथ्यमा बसेको बैठक चौतारामा सम्पन्न भएको छ ।
बैठकमा पार्टीका दोलखा सचिव आकाश र विशेष समिति सदस्य किरण घिमिरे, मुकुन्द श्रेष्ठ पनि उपस्थिति रहेको थियो । बैठकमा उपस्थित सबै जिल्ला कमिटी सदस्यहरुले आआफ्नो कार्यक्षेत्रको सांगठनिक, राजनीतिक, आर्थिकसहितको रिपोर्टिङ तथा महत्त्वपूर्ण सल्लाह, सुझाव राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पार्टीका केन्द्रिय सदस्य प्रविणले अहिलेको दलाल संसदिय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापनाको लागि डटेर लाग्नु पर्ने बताए ।

बैठकले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँमा आयोजित विशाल जनसभालाई सफल बनाउन जिल्लामा व्यापक तयारी गर्ने, आर्थिक लेविलाई अनुशासनको रुपमा व्यवस्थित गर्ने, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरुसँग भेटघाट गर्ने, एमसीसी सम्झौता, जयसिंह धामी हत्याका विरुद्ध लगायत राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्ने लगायतका निर्णय गरेको जनाइएको छ । यस्तै बैठकको अध्यक्ष तथा जिल्ला सचिव युगिनले पार्टीको ११ औँ बैठकको राजनैतिक प्रतिवेदन वाचन गर्नुका साथै जिल्ला संगठनमा रहेका नेताकार्यकतालाई आफ्नो कार्य क्षेत्रमा खट्न निर्देशनसहित बैठकको समापन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :