तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै अर्घाखाँचीमा बिरोध प्रदर्शन

तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै अर्घाखाँचीमा बिरोध प्रदर्शन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको तीनबुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच गत फागुन २१ मा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेर आस्थाका बन्दीहरूलाई रिहाइको माग गर्दै नेकपा अर्घाखाँचीले बिरोध प्रदर्शन कार्यक्रम गरेको हो ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता चिन्तनले हामीलाई राष्ट्रियताको पक्षमा आवाज उठाउँदै गर्दा, गरिब दुःखीको पक्षमा बोल्दै गर्दा, बलत्कारीलाई कारवाहीको माग गर्दै गर्दा, भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गर्दा, एनसेलले कर तिर्नुुपर्छ भन्दा हामीलाई प्रतिबन्ध लगाएको बताए । उनले प्रतिबन्धको नेपाली जनताले प्रतिकार गर्दै गर्दा २ वर्ष पछि तीनबुँदे सहमति अनुसार फुुकुवा गर्न बाध्य भएको थियो तर सहमति बमोजिम सरकारले सहमति कार्यान्वयन नगरेको बताए । चिन्तनले सरकारले हाम्रा आस्थाका बन्दीहरूलाई रिहाइ नगरे फेरी पनि जनताले प्रतिरोध गर्ने बताए ।

यस्तै नेकपाका भुनपा र सनपा नगर इन्चार्ज नविन खड्काले हाम्रा राजबन्दीहरूलाई रिहाइ नगरे हाम्रो पार्टीले जस्तो सुकै कदम चाल्ने बताएका छन् । उनले यो दलाल सरकारले आम नेपाली जनताको पक्षमा काम गर्न नसकेकोले यो ब्यबस्था असफल भएको पुष्टि भएको बताए । खड्काले अब यो ब्यबस्थाको विकल्पमा एक मात्र ब्यबस्था वैज्ञानिक समाजवादी ब्यबस्था रहेको हुँदा सम्पूर्ण नेपाली जनता लामबद्ध भएर यसको पक्षमा लाग्नुपर्ने बताए ।

करिब ५० जना उपस्थित रहेको कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बाबुराम एसकेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :