नेकपा नवलपरासीद्वारा बर्दघाटमा बिरोध सभा

नेकपा नवलपरासीद्वारा बर्दघाटमा बिरोध सभा

बर्दघाट : नेकपा कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा बिरोध सभा सम्पन्न गरेको छ । तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप बर्दघाटमा कोणसभा गरेको हो ।

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता रामप्रीतले जेल र हिरासतमा भएका सम्पूर्ण नेताकार्यकर्तालाई तीनबुँदे सहमति अनुसार रिहाई गर्नुपर्ने माग गर्दै अब भ्रष्टाचारी कमिसन खोरीका दिन गएको बताए । उनले भ्रष्टाचार कमिसनका गुनासा आएको हामीले जहाँको त्यही कारवाही गर्न चेतावनी दिँदै भ्रष्टाचारबिरुद्ध जनतानै लाग्नुपर्ने बताए । यो व्यवस्थाले जनताको अघिकार भोट हाल्ने मात्रै बनाएकोले चुनाव लड्न लाखौँ खर्च गर्ने जनप्रतिनिधिहरू नीतिगत भ्रष्टाचार र दलाली बनेको नेता रामप्रीतले बताए । उनले लोकतन्त्र चुनावका कुरामा रमाउने पार्टी व्यक्ति होइन व्यवस्थाबीच जनमतसङ्ग्रहमा जानसमेत आनाकानी गरेको आरोप लगाए । साथै उनले जनताको अधिकार वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन भन्दै संयुक्त प्रगतिशील सरकार बनाई जनमतसङ्ग्रह गर्न अपिलसमेत गरेका थिए ।

त्यसैगरी गणेश ढकालले नेकपालाई तत्कालीन ओली सरकारले फरक बिचार सहित दलाली भ्रष्टाचार र कमिसन बिरुद्ध लागेकै कारण पार्टीमाथि प्रतिबन्ध लगाएको बताए । उनले तीनबुँदे सहमति भएको ७ महिना बितिसक्दा पनि सहमति लागू गर्ने यो सरकारनै गैरजिम्मेवारी बन्न खोजेको र सहमतिबाट पछाडी हट्दै राज्यको र जनताका लागि आवश्यक नभएको एमसीसी लागू गर्न खोजेको आरोप लगाए । ढकालले अमेरिकी सहयोग एमसीसीमार्फत नेपालमा युद्धको भुमरिमा लागिपरेको हुनाले खारेजीको माग गर्दै सहमतिको यथासिघ्र लागू गर्न माग गरे । यस्तै बर्दघाट नगर कमिटी सदस्य गणेश पाठकले पार्टी सदैव बिकृति बिसङ्गतिबिरुद्ध लाग्ने बताए ।

कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य लोकमानले गरेका थिए । गत १८ गते प्रशासन कार्यालय अगाडि धर्ना एवम् कोणसभा गरेको थियो । सोही अनुसार नेकपाले बुधबार देशव्यापी कोणसभा आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :