युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

जनताको व्यवस्था चुन्नका लागि जनमतसङ्ग्रहको सृजना गरौँ, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका लागि पाँचौ जिल्ला सम्मेलन भन्ने नाराका साथ रणदिप गौतमको अध्यक्षतामा २७ सदस्यीय कमिटी निर्माण गर्दै युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन भरतपुरमा सोमबार सम्पन्न भएको हो ।

सङ्गठनको नवनिर्वाचित उपाध्यक्षमा विरु तामाङ, सचिवमा किरण सुनार, कोषाध्यक्षमा लक्ष्मी ढुङ्गाना र सह-सचिवमा सन्देश श्रेष्ठ रहेका छन् ।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल प्रमुख अतिथि रहेका थिए भने अतिथिमा युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश, नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सव, धुर्व खड्का, जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशवराज भट्टराई, सुदिप पौडेल, कोपिला अधिकारी, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सदस्य अञ्जना, किसान सङ्घका प्रकाश ढकाल, शिक्षक सङ्गठनका केन्द्रीय सदस्य राजेन्द्र ढकाल र केशव रेग्मी रहेका थिए ।

युवा सङ्गठन नेपाल चितवनका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य राम सेडाइँको अध्यक्षतामा सम्पन्न सम्मेलनमा रणदिपले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :