नेकपाद्वारा भक्तपुर जिल्ला प्रशासन अगाडि धर्ना

नेकपाद्वारा भक्तपुर जिल्ला प्रशासन अगाडि धर्ना

नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले पार्टीका नेताकार्यकर्ताहरुको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेको छ । १ घण्टा चलेको धर्ना कार्यक्रम केन्द्रिय कार्यक्रम अनुसार गरिएको हो ।

नेकपा भक्तपुर जिल्ला सेक्रेटरी विजय सिंहको नेतृत्वमा गरेको धर्ना कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै भक्तपुर जिल्ला पूर्व सेक्रेटरी तथा नेकपाका युवा नेता सुमनले न्यायको पक्षमा बोल्दै गर्दा, कथित प्रतिबन्ध लगाइ फरक विचार र आस्था राखेको आधारमा प्रकाउ गरी झुठा मुद्दा लगाएका आफ्ना पार्टीका राजबन्दीहरुको रिहा गरी ३ बुँदे सहमतिको पालना गर्ने माग गरे । जनमतदेखि कहिल्यै नभागेको र जनताको मतको लागी जनमत संग्रहमा जान समेत जोड दिएका थिए । एमसीसीको बारेमा बोल्दै राष्ट्रको अहितमा रहेका कुनै पनि सन्धि सम्झौता पास गर्न नदिने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :