नेकपा अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासनमा दियो धर्ना

नेकपा अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासनमा दियो धर्ना

अछामः नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्ला प्रशासन कार्यालय अछाममा नेपाल सरकार र नेकपा बिच २०७७ फाल्गुन २१ गते भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै धर्ना दिएको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको निर्णयअनुसार सोमबार अछाम लगायत देशभर नै कार्यक्रम सम्पन्न भएका छन् ।

तीन बुँदे सहमति कार्यान्वयन गर, झुट्टा मुद्दा खारेज गर, राजजबन्दीहरु रिहाई गर, प्रगतिशील संयुक्त सरकार गठन गर, जनतालाई जनमत संग्रहको अधिकार प्रदान गर लगायतका मागहरु लेखिएको ब्यानरसहित उपस्थित भएका नेकपाका नेता कार्यकर्ताहरुले प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच तीन बुँदे सहमति गरेको करीब ८ महिना हुँदासम्म पनि सरकारी पक्षबाट कार्यान्वयन हुनुपर्ने प्रतिबन्ध फुकुवा बाहेक अन्य कुनै बुँदा कार्यान्वयन भएका छैनन् । विद्रोही पक्षसँग भएको सहमति कार्यान्वनमा सरकार उदासिन देखिएकोले देशमा पुनः विद्रोह हुने खतरा उत्पन्न भएको छ । यस विषयमा सरकार गम्भिर भएर कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :