अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कास्कीको भेला सम्पन्न

अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कास्कीको भेला सम्पन्न

पोखरा : अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ कास्कीको प्रथम जिल्ला भेला शुक्रबार पोखरामा सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतिनिधि मुलक भेलाले कमल खड्काको संयोजकत्वमा १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ ।

भेलामा बैचारिक/राजनीतिक प्रशिक्षण सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुन र नेपाल कम्युनिस्ट पार्टी कास्कीका सचिव गोकुल पराजुलीले दिएका थिए भने भेला सफलताको शुभकामनासहित बधाई मन्तव्य अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य सोम माया बिक, फ्याक्सन इन्चार्ज प्राप्ति बिक, युवा सङ्घका जिल्ला अध्यक्ष प्रमोद सिह, अनेमसङ्घ क्रान्तिकारी कास्कीकी अध्यक्ष लक्ष्मी खड्का लगायतले दिएका थिए ।

भेलाद्वारा निर्वाचित समितिले निकट भविष्यमा नै जिल्ला सम्मेलन गर्ने र सुकुम्बासीलाई जमिनको मालिक बनाउने बिषयमा सङ्घर्ष अघि बढाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :