मेयर द्वारिकालालले गरेको दुर्व्यवहारप्रति नेकपा सुनसरीको घोर निन्दा र भ्रत्सना

मेयर द्वारिकालालले गरेको दुर्व्यवहारप्रति नेकपा सुनसरीको  घोर निन्दा र भ्रत्सना

सुनसरी : महालेखा परिक्षणमा देखिएको बेरुजु संकलन गर्ने र सार्वजनिक गर्ने पार्टीको नीति अनुरुप वेरुजु लगायत अन्य विषयमा छलफल गर्न जानेक्रममा नेपाल कम्युनिष्ट पार्टी सुनसरीका सेक्रेटरी विवस र जिल्ला कार्यलय सचिव मनिष माथी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले दुर्व्यवहार गरेको नेकपा सुनसरीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, सुनसरीका सेक्रेटरी विवसले एक प्रेस विज्ञप्प्ती जारी गरी इटहरी उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुर्य सुवेदीको कार्यकक्षमा नेकपा ९एमाले० का प्रदेश सदस्य तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीद्वारा गुण्डागर्दी शैलीमा निकृष्ट, कुसंस्कृत र तल्लो स्तरको अपशब्द प्रयोग गरि गरिएको दुर्व्यवहारको पार्टीको तर्फबाट घोर निन्दा र भ्रत्सना गरेका छन् ।

उक्त कार्य आम नागरिकहरुको न्यायपूर्ण आवाजलाई निस्तेज गर्ने दुष्प्रयास हो भन्दै विज्ञप्तीमा भनिएको छ, –‘हाम्रो पार्टीले, राजनैतिक पार्टी माथी गरिएको यो दुर्व्यवहार र गुण्डागर्दीको उचित समयमा संघर्षद्वारा उचित जवाफ दिने छ । मेयर चौधरीद्वारा आफ्ना कालाकर्तुत लुकाउने नियतका साथ संचारकर्मीर राजनीतिकर्मी रसर्वसाधारण महिला एवं नागरिकमाथी गरिने यस्ता हर्कतहरु सच्याउन र सार्वजनिक माफी माग्न चेतावनी दिदै पटकपटक दोहोरीरहने यस्ता हर्कतवारे नेकपा (एमाले) को आधिकारिक धारणा सार्वजनिक गर्न समेत जोडदार आग्रह गर्दछौं ।’

विज्ञप्तीको पूरा पाठ-

जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी तमामखाले विकृति र विसंगतिका विरुद्ध निर्मम संघर्ष गर्दै एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्यसहित अगाडि बढिरहेको ज्ञातै छ ।

महालेखा परिक्षणमा देखिएको बेरुजु संकलन गर्ने र सार्वजनिक गर्ने पार्टीको नीति अनुरुप बेरुजु लगायत अन्य विषयमा छलफल गर्न जानेक्रममा नेपाल कम्युनिष्ट पार्टी सुनसरीका सेक्रेटरी क। विवश र जिल्ला कार्यलय सचिब क।मनिष माथी इटहरी उपमहानगरपालिका का प्रमुख कार्यकारी अधिकृत सुर्य सुवेदीको कार्यकक्षमा नेकपा (एमाले) का प्रदेश सदस्य तथा इटहरी उपमहानगरपालिका का मेयर द्वारिकालाल चौधरीद्वारा गुण्डागर्दी शैलिमा निकृष्ट, कुसंस्कृत र तल्लो स्तरको अपशब्द प्रयोग गरि गरिएको दुर्व्यवहारको हाम्रो पार्टी घोर निन्दा र भ्रत्सना गर्दछ ।

यो कार्य आम नागरिकहरुको न्यायपुर्ण आवाजलाई निस्तेज गर्ने दुष्प्रयास हो । हाम्रो पार्टीले, राजनैतिक पार्टी माथी गरिएको यो दुर्व्यवहार र गुण्डागर्दीको उचित समयमा संघर्ष द्वारा उचित जवाफ दिने छ। मेयर चौधरीद्वारा आफ्ना कालाकर्तुत लुकाउने नियतका साथ संचारकर्मी, राजनीतिकर्मी, सर्वसाधारण महिला एवं नागरीकमाथी गरिने यस्ता हर्कतहरु सच्याउन र सार्वजनिक माफी माग्न चेतावनि दिदै पटकपटक दोहोरी रहने यस्ता हर्कतवारे नेकपा (एमाले) को आधिकारिक धारणा सार्वजनिक गर्न समेत जोडदार आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :