लफ्सेफेदी सबस्टेसन स्थलमा नेकपाले गाड्यो झण्डा

लफ्सेफेदी सबस्टेसन स्थलमा नेकपाले गाड्यो झण्डा

काठमाडौँ : एमसीसी प्रोजेक्ट अन्तरगतको बिधुतीय प्रसारण लाईन बिस्तार गरि निर्माण गर्न लागिएको लफ्सेफेदी सबस्टेसन स्थल शङ्खरापुर नगरपालिका वडा नम्बर ३ बोजिनिमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पुगेका छन् । त्यहाँ स्थानीय जनतासँग छलफल गर्दै जनताको गुनासो बुझेर स्थानीय जनतासहित सबस्टेसन स्थल पुगेका हुन् ।

बिगतदेखि नै स्थानीयले आफ्नो स्थानबाट आन्दोलन गर्दै आएको, अब यस्तो आन्दोलन विप्लवले नेतृत्व गरेको नेकपाले गर्नुपर्ने त्यहाँका स्थानीयले बताए ।

नेकपा काठमाडौँ जिल्ला सदस्य एवम् शङ्खरापुर इन्चार्ज रामकृष्ण, नगर सेक्रेटरी दोर्जे, जिल्ला सदस्य देवी चौलागाईं, रोज तामाङ लगायत १२ जनाको टोली उक्त स्थानमा पुगि झण्डा गाडेका छन् ।

जनताको मागको बेवास्ता गरे ठुलै मूल्य चुकाउनु पर्ने भन्दै सबै पार्टी एवम् नगरबासीलाई यसको विरुद्धमा लाग्न नगर सेक्रेटरी दोर्जेले आह्वान् गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :